सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज (सोमबार) पुनः विश्वासको मत लिने हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले मूख्यमन्त्रीलाई दिएकाृ समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत पाउने सम्भावना निकै क्षीण देखिएको छ ।

लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

नेकपा (एमाले) ले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।

लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । ८७ सांसद मध्य बहुमतका लागि ४४ मत चाहिन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ०८:१९