सूचनाको शक्ति - The Power Of Information

        

तीनवटै निर्वाचन क्षेत्रको मतगणना आजै राती सुरु हुने

आइतबार बिहानैदेखि सुरु भएको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरु हुने भएको छ । उपनिर्वाचन भएका चितवन २, बारा २ र तनहुँ १ को मतगणना आजै रातिबाट सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

उपनिर्वाचन भएका केही मतदान स्थलमा सामान्य हुलदंगा भए पनि समग्र रुपमा तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । मतदानको समय सकिएसँगै अब मुचुल्का उठाउने र मतपेटिका मतगणना केन्द्रमा पुर्याउने काम हुने थपलियाले बताएका छन् ।

‘बारा–२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुनेछ ।’, थपलियाले भने, ‘तनहुँ–१ गणनास्थलमा मतपेटिका पुर्याउन समय लाग्छ, सकेसम्म १० बजेसम्म मतपेटिका गणनास्थलमा पुग्छ । राजनीतिक दलको सहमति भयो भने राती १२ बजे मतगणना सुरु हुन्छ ।’

त्यस्तै, चितवन–२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने भएको बताउँदै प्रमुख आयुक्त थपलियाले सकेसम्म ९ बजेसम्ममा मतपेपिटका संकलनको काम सकेर मतगणना सुरु गरिने बताएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार १८:२२