सूचनाको शक्ति - The Power Of Information

        

तनहुँ १ मा ५१.७० प्रतिशत मत खस्यो

तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ ।

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।

गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो  ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार १८:१२