सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोग

उपनिर्वाचन : प्रतिनिधि सभाका तीनै वटा निर्वाचन क्षेत्रमा मतदान सुरू

साँझ ५ बजेसम्म मतदानको समय

निर्वाचन आयोगले तीनै निर्वाचन क्षेत्रमा मतदान सुरू भएको जनाएको छ ।

बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा बिहान ७ बजेबाट मतदान सुरू भएको हो । साँझ ५ बजेसम्म मतदानको समय तोकिएको आयोगले जनाएको छ ।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

आयोगका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द्रको व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार ०७:५५