सूचनाको शक्ति - The Power Of Information

        

नयाँ बजेटमा सुधारका एजेण्डा आउँछन्

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा क्रमिक सुधारको संकेत देखा परे पनि ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती कायमै रहेको बताएका छन् ।

उनले अहिले समस्या सामूहिक प्रयासबाट सामाधान गर्न सकिन्छ भन्ने विश्वास सरकारमा रहेको बताए ।

बाह्रखरी मिडियाले शनिबार आयोजना गरेको एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केही सुधारका महत्वपूर्ण एजेण्डा स्थापित गरेर आउने विश्वाास दिलाए ।

उनले निजी क्षेत्रमा हित र चासोविपरीत गएर कुनै पनि एनकानुन नबनाउने स्पष्ट पारे ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार ०७:४७