सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पहाडी क्षेत्रमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ ।

तराईका केही थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ भने आज राती देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत जारी गरेको छ ।

कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्हपछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति एवं जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

त्यस्तै भोलि सोमबार पनि दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । अपरान्हपछि देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना भने दिउँसो तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ ।

भोलि सोमबार राती लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार ०६:०८