सूचनाको शक्ति - The Power Of Information

        

आज यी राशिको भाग्य चम्किँदै, हेर्नुहोस् आइतवारको राशिफल

२०८० वैशाख १० गते, आइतवार, २३ अप्रिल २०२३ । वैशाख शुक्लपक्ष तृतीया तिथि, ८ः३८ बजेदेखि चतुर्थी । रोहिणी नक्षत्र । चन्द्रराशि–वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । रमाइलो यात्रा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । आफन्तबाटै टाढिनुपर्ने हुन सक्छ । आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । केही पाउन अर्काे वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ । खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा फड्को मार्ने समय छ । जिम्मेवारी समेत बढ्नेछ । तर हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा फाइदा भइरहनेछ । अरूको चासो लिँदा झमेला आइलाग्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ । तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् । प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । उद्योग र व्यापारमा फाइदा हुनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन् । काम रोकिनाले मन खिन्न रहनेछ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ । पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहोला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । व्यापार बढ्नेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सोखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । योजनाअनुसार समयमै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक कारोबारमा फाइदा हुनेछ । आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ । रोकिएको काम पुनः प्रारम्भ हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला । तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ । बलजफ्तीले काम बिग्रन सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतवार ०५:४३