सूचनाको शक्ति - The Power Of Information

        

स्कारपियो दुर्घटना हुँदा भोजराजको मृत्यु

कैलालीमा स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कारपियो दुर्घटनामा धनगढी उपमहानगरपालिका–११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको हो ।

गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा सवार अन्य पाँच जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय चालक तेजबहादुर पाल, धनगढी–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, सोही ठाउँका ४८ वर्षीय वसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र ३६ वर्षकै अनु खाँण चन्द रहेका छन् ।

प्रहरीका अनुसार घाइते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । हरिद्वारबाट आएको उक्त स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १८:०३