सूचनाको शक्ति - The Power Of Information

        

प्रयोगकर्ताको ‘ब्लू टिक’ किन खोस्दैछ ट्वीटर ?

अमेरिकी लगानीकर्ताको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्वीटरले एकैपटक हजारौं मानिसहरुको ब्लू टिक हटाएको छ । ट्वीटरलाई टेस्लाका मालिक एलन मस्कले किनेपछि मासिक निश्चित रकम तिरेपछि मात्रै ब्लू टिक पाउने व्यवस्था गरेका थिए ।

यो व्यवस्था अनुसार आफ्नो ब्लू टिक जोगाउन भेरिफाइड एकाउन्ट धनीहरुले वार्षिक ८४ अमेरिकी डलर तिर्नुपर्छ । अन्यथा, मस्कले बारम्बार ट्वीटरको ब्लू टिक हट्ने बताइरहेका थिए । पूर्व चेतावनी अनुसार वार्षिक वा मासिक ट्वीटरलाई पैसा नतिर्ने प्रयोगकर्ताको ब्लू टिक हटिरहेको छ ।

यो सूचीमा विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो समेत सामेल भएका छन् । ट्वीटरले रोनाल्डोको ब्लू टिक समेत हटाइदिएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । रोनाल्डोको ट्वीटर एकाउन्टमा १०८ मिलियन फलोअर्स छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १०:५५