सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट बेपत्ता महिलाको शव भेटियो

बाघको आक्रमणमा बेपत्ता भएकी कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुइकी गङ्गा चन्दको शव फेला परेको छ । झन्डै २२ घण्टापछि शनिबार चन्दको फेला परेको सब–डिभिजन वन कार्यालय कुन्डाका प्रमुख दिनेश यादवले जानकारी दिए ।

बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो । शुक्रबार दिउँसो घाँस काट्न गएकी चन्दमाथि बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जबाट गएको प्राविधिक टोलीले शनिबार बाघलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १०:५१