सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा दुईदिने फोटो फेस्टिवल शुरु

नेपालगञ्जमा अन्तरालको आयोजनामा दुईदिने फोटो फेस्टिवल शुरु भएको छ । प्रतिनिधि सभाका सदस्य तथा नेपाल काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले फोटो खिचेर सो फेस्टिवलको उद््घाटन गरेका हुन् ।

विभिन्न विधामा छनौट भएका १ सय १५ वटा फोटो प्रदर्शनीमा राखिएको फेस्टिवल आयोजक जयनारायण शाहले जानकारी दिए । देशभरीबाट प्राप्त भएका करिव २ हजार फोटो मध्येबाट छनौटमा परेका फोटमात्र प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा प्राप्त फोटोहरु कला संस्कृति, जीवन शैली, कृषि, धार्मिक, वाईल्डलाईफलगायतको ९ वटा विधामा उत्कृष्ठलाई ५ हजार ५ सय पुरस्कार र फोटो अफद इयरलाई २५ हजार ५ सय पुरस्कार समेतको व्यवस्था गरिएको छ ।

मुगुका राजबहादुर शाहीको स्याउ टिप्दै गरेकी महिलाको फोटोले यसवर्षको फोटो अफद इयरको उपाधी जित्न सफल भएको छ । नेपालगञ्जको होटल बाटिकामा आयोजना गरिएको फेस्टिवल शनिबारसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १८:३३