कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेको छ । बेलौरी नगरपालिका–८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भए पनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सात राउन्ड फायर गरेको थियो । बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं