सूचनाको शक्ति - The Power Of Information

        

वैशाख १० गते मनकामना केबलकार बन्द

वैशाख १० गते मनकामना केबलकार बन्द हुने भएको छ । उपनिर्वाचनका दिन वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रसिद्ध शक्तिपीठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भीड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुदा उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ । वैशाख ११ गतेदेखि पुनः केबलकार सञ्चालनमा आउने प्रालिले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १५:११