सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकद्वारा नौं वाणिज्य बैंकलाई कारबाही (सूचीसहित)

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका नौं वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले तोकेको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) उल्लंघन तथा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको अभियोगमा ती बैंकहरुलाई कारबाही गरिएको हो ।

यता राष्ट्रिय वाणिज्य बैंकलाई भने सम्पत्ति शुद्धीकरण सम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक)ले सहुलियपुर्ण कर्जा एकै समूहलाई पटक–पटक दिएको, कर्जा नोक्सानीको व्यवस्थासमेत नगरेको र राष्ट्र बैंकको निर्देशन विपरीत कर्जाको प्रिमियम तोकेको भन्दै तत्कालीन सीइओ रमेश अर्याललाई सचेत गराइएको छ ।

अर्याललाई आफ्नो अधिकारभन्दा बाहिर गएर कर्जा स्वीकृति गरेकाले पाँच लाख रूपैयाँ जरिवाना समेत तिराइएको छ । त्यतिबेला एनसीसी कुमारी बैंकमा मर्ज भइसकेको थिएन । यस्तै एनसीसीलाई नगाभ्दै कुमारी बैंकले पनि सहुलियपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको र मुद्दती निक्षेपमा बढी ब्याज दिएको भन्दै तत्कालीन सीइओलाई पनि सचेत गराइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:३८