सूचनाको शक्ति - The Power Of Information

        

स्वर्णिम वाग्लेका बुबाआमा चढ्ने गाडी तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ–१ मा उम्मेदवार रहेका डा.स्वर्णिम वाग्लेका बुबाआमाले चढ्दै आएको गाडी तोडफोड भएको छ ।

बिहीबार बेलुका साढे ८ बजे कारलाई दमौली बजारमा रहेको मालपोत कार्यालय अगाडि सन्तोष होटलमा पार्किङ गरेर राखेको कार तोडफोड भएको अवस्थामा भेटिएको हो ।

होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको छ । कार मालिक भने दीलकुमारी खनाल भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १३:००