सूचनाको शक्ति - The Power Of Information

        

सेक्सबारे नयाँ खुलासा, ‘पहिलो सम्बन्धले गर्भ रहँदैन’

हाम्रो नेपाली समाज अझै पनि रुढीबादी सोचले ग्रसित छ सेक्सका बारेमा कुरा गर्नु, जानकारी लिनु भनेको त्यति सहज छैन । धेरैजसो जानकारी कोर्स बाहिरको कुरा पढेर वा परेरै जान्नुपर्ने हुन्छ । नेपाली समाजमा सेक्स सम्बन्धी केही भ्रम छन् जानकारी लिनुहोस् ।

योनीमा लिङ्ग प्रवेश नगरेमा गर्भवती हुँदैन

गर्भवती हुन लिंग योनीभित्र छिराउनु नै पर्छ भन्ने छैन । महिलाको योनीको वरिपरी बिर्य झारेमा पनि गर्भवती हुने उत्तिकै सम्भावना हुन्छ । कतिपय महिलाहरूले पछाडी (गुद्वार मैथुन) गरेमा गर्भवती हुँदैन भन्ने सोचेर पछाडी बिर्य झार्ने गर्दछन् । बीर्य गतिशिल हुने हुनाले योनीभित्र पसेर गर्भवती बनाउन पनिसक्छ भन्ने बारेमा सचेत हुन आबश्यक छ ।

ब्लु फिल्महरुमा देखाएजस्तो बिर्य झर्ने बेलामा मात्र लिंग बाहिर निकालेर बिर्यलाई पेटमा झार्दा पनि कहिलेकाँही गर्भवती हुन सकिन्छ । वीर्यको आयु एक दिनदेखि एक हप्तासम्मको हुने हुनाले, अघिल्लो पटक यौन सम्पर्क गर्दा लिंगमा टाँसिएर रहेको बिर्यले समेत गर्भवती बनाउन सक्छ ।

महिनावारीको बेलामा सम्भोग गर्नुहुँदैन

महिला महिनावारी भएको बेलामा पनि सेक्स गर्न हुन्छ । यस बेला सम्भोग गर्दा कुनै हानी नोक्सानी हुँदैन । यस्तो बेला योनीबाट रगतले निस्कने हुनाले सरसफाइमा भने बिशेष ध्यान दिनुपर्छ । कयौं अनुसन्धानहरुले महिनावारी भएको बेलामा सेक्स गर्दा झन् आनन्द हुने पनि देखाएका छन् ।

कुमारी केटीहरुको योनीबाट रगत आउँछ

योनीमा हुने पातलो झिल्ली पहिलो पटक सेक्समा गर्दा फुट्ने हुनाले योनीमा रगत देखिन सक्छ । तर त्यो झिल्ली फुट्न सेक्सनै गर्नुपर्छ भन्ने छैन । सो पातलो झिल्ली साइकल चढ्दा, पौडी खेल्दा वा दौडिदा पनि फुट्न सक्छ । अझ कतिपय महिलाहरूले हस्तमैथुन गर्दा पनि लिंग आकारका बस्तु योनीमा हालेर झिल्ली फुटाएका पनि हुन सक्छन् ।

एकचोटी मात्रै सेक्स गर्दा गर्भवती भइँदैन

एकै चोटीमा पनि हुन सक्छ । बिर्यको एक कण महिलाको डिम्बसम्म पुग्यो भने महिला गर्भवती हुन्छिन । टिनएजमा महिलाहरु बढि फर्टाइल हुन्छन् त्यसैले यो बेला सेक्स गर्दा विशेष साबधानी अपनाउनुपर्छ । सेक्सपछि योनीलाई सरसफाई गर्ने, तातो पानी, चिसो पानी, साबुन, स्याम्पु आदिले धोए पनि गर्भ रोक्न सकिँदैन । बिर्य योनीभित्र पसेपछि उफ्रने, दौडने आदि कुनै पनि प्रकारका क्रिया गरे पनि गर्भ रहन रोक्न सकिदैन ।

क्यालेण्डर हेरेर सेक्स गर्दा गर्भवती भइँदैन

महिनावारीको क्यालेण्डर र गर्भ सिद्धान्तमा मात्र लागु हुन्छ । कहिलेकाहिँ महिनावारीको बेलामा सेक्स गर्दा पनि गर्भवती हुने सम्भावना हुन्छ । यसको कारण बिर्यको आयु एक हप्तासम्म हुने हुनाले सेक्स गरेको दिनमा डिम्ब तयार नभए पनि बीर्य नमर्दै डिम्ब तयार भएर गर्भ रहन पनि सक्छ ।

यसरी जुनसुकै बेलामा पनि कण्डम लगाएर सेक्स गरेमा सरसफाई, यौन रोगबाट बचाउछ र अनाबश्यक गर्भबाट पनि बच्न सकिन्छ । महिनावारी भएको बेलामा सेक्स गर्दा त कण्डमले झन सरसफाइमा पनि सहयोग पुर्याउँछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १२:१७