के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि झुटहरु बोलेका हुन्छन् । विवाहअघि केटाहरुले बोल्ने झुटहरु यस्ता छन्,
अहिलेसम्म मेरो कोहीसँग अफियर नै चलेको छैन
विवाह अगाडि अधिकाशं पुरुषले बोल्ने सबैभन्दा ठुलो झुट नै यहि हो । केटाहरुका चाहे जति जना गर्लफ्रेण्ड हुन्, विवाह अघि त्यसलाई नर्काने गर्दछन् ।
तिमी मात्र एकजोर लुगामा आऊ
मन परेको केटिलाई विवाहअघि केटाले बोल्ने अर्को झुट विवाहको कुनै तयारी नगरी आफुले लगाएको लुगामा मात्र घर आउन भन्छन् । यर्थाथमा उनीहरुले त्यसो भन्नुको पछाडि मन परेको मान्छेलाई गुमाउन नचाहानु र केटीलाई प्रभावित पार्नु नै हो ।
विवाहपछि म यो सब छोडिदिन्छु
अधिकाशं केटाले विवाहअघि बोल्ने अर्को झुट भनेको आफुमा रहेको कुनै खराब अम्मल अर्थात् मद्यपान, धुम्रपान, सुर्ति लगायतको सेवन गर्ने बानी विवाहपछि छोड्ने बताउछन् ।
तिम्रो र मेरो परीवार दुबै बराबर
केटाले विवाह गर्नुअघि घर पक्ष र ससुराली पक्ष दुबै बराबर हुने बताउँछन् । दुबैतर्फको परिवारलाई समान ब्यवहार गर्ने उनिहरुको प्रतिवद्धता हुन्छ जो कालान्तरमा अधिकांश केटाहरु पुरा गर्न सक्दैनन् ।
तिमी संसारको सबैभन्दा राम्री छौं
हरेकलाई थाहा छ, सुन्दरताको कुनै स्पष्ट परिभाषा हुँदैन । हरेक सुन्दरता हेर्ने दृष्टिमा भर पर्छ । तर विवाह अघि केटाले केटिलाई आर्कषित गर्न उनि नै संसारको सबैभन्दा राम्री भएको झुट बोल्छन् । यर्थाथ संसारमा अरुपनि धेरै राम्रा हुन्छन् ।
तिमी नै मेरो सबैथोक हौ
विवाहअघि केटाले केटिलाई तिमी नै मेरो सर्वश्व हौ भनेर मख्ख पार्छन् । तर विवाहको केहि समयपछि विस्तारै केटाहरु समय दिन सक्दैनौ । साथै श्रीमतीले भनेको कुरा समयमा पुरा गर्न सक्दैनन् ।
हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छौं
विवाहअघि पुरुषले हुनेवाला जीवनसाथीलाई उनी हरेक रुपमा राम्री लाग्ने बताउछन् । शुरु शुरुमा श्रीमतीका हरेक कुरा मनपर्ने श्रीमानलाई पछिपछि उनको त्यहि बानी तथा पहिरनमा कमजोरी देख्न थाल्छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं