सूचनाको शक्ति - The Power Of Information

        

सर्पको डसाइबाट बालकको मृत्यु

विषालु सर्पले डस्दा सिराहामा एक बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का श्याम साहका चार वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो ।

सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो ।

त्यसअघि बालकलाई चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि फूलबारी अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १०:४१