संसारका हरेक धर्ममा मृतकको अन्तिम संस्कार फरक–फरक चलनअनुसार गरिन्छ । जहाँ हिन्दुमा मानिसको लासलाई चिताको आगोमा जलाउने गरिन्छ, मुस्लिम धर्ममा चिहानमा गाड्ने चलन छ ।
यसैबीच, क्रिस्चियन धर्मका अनुयायीहरूले पनि शवलाई गाड्ने चलन पछ्याए पनि शवलाई कफिनमा राखेर गाड्ने गर्छन् । शव गाड्दा चिहानमा ठाउँ पनि कम हुन्छ । त्यसैले संसारका सबै ठूला सहरहरूमा केही वर्षपछि एउटा शव अर्कोको माथि गाडिन्छ ।
तर एउटा यस्तो चिहान छ, जसलाई संसारकै सबैभन्दा ठूलो चिहान मानिन्छ । किनभने यस चिहानमा ५० लाखभन्दा बढी शव गाडिएका छन् । यो चिहान निकै पुरानो हो । विगत १४ सय वर्षदेखि यहाँ मानिसलाई गाड्ने काम भइरहेको बताइएको छ ।
वास्तवमा, इराकको वादी अल सलाम नामक कब्रस्तानलाई संसारको सबैभन्दा ठूलो कब्रस्तान मानिन्छ । यो कब्रस्तान अल नजफ नामक सहरमा अवस्थित छ । जसको क्षेत्रफल करिब १५ सय एकड छ । जुन करिब ६ किलोमिटर लामो छ ।
यस चिहानमा दैनिक करिब २०० मृतकलाई गाडिन्छन् । यसको पछाडिको कारण यहाँ भएको आतङ्कवादी हमला हो । यस ठाउँमा यति धेरै आतङ्कवादी हमलाहरू हुन्छन् कि दिनहुँ ठूलो सङ्ख्यामा मानिसहरू मारिन्छन् । यसअघि आइएसको डरले यस ठाउँमा हरेक वर्ष करिब १०० देखि १२० जनाको मृत्यु हुने गरेको थियो ।
यो तथ्याङ्कको तुलनामा पछिल्लो समय यहाँ कैयौँ गुणा बढी मानिसलाई गाडिएको छ । यस चिहानको बारेमा एउटा भनाइ छ, आईएसआईएस विरुद्ध लड्ने मानिसहरू यस चिहानमा आउँछन् र भाकल माग्छन् । लडाइँमा मरे भने यो चिहानमा गाडिनुपर्छ । अधिकांश मुस्लिमहरूले आफूलाई गाड्न यो कब्रस्तान रुचाउँछन् ।
सत्यपाटी संवाददाता । काठमाडौं