सूचनाको शक्ति - The Power Of Information

        

औषधिसँग भुलेर पनि नखानुहोस् यी चार चिज

स्वस्थ रहन राम्रो जीवनशैली अपनाउनुपर्छ । योग र व्यायामसँगै पौष्टिक खानाको सेवनले पनि मानिसको स्वास्थ्यमा असर गर्छ । तर मौसमी रोग, संक्रमण, खानपान र खराब जीवनशैलीका कारण धेरै प्रकारका रोग लाग्न सक्छन् ।

बिरामी हुँदा डाक्टरकहाँ गएर उनको सल्लाहमा औषधि खान्छन् । तर, यदि तपाई औषधि सेवन गरेर मात्र स्वस्थ हुन सक्नुहुन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । कहिलेकाहीँ औषधिको साइड इफेक्ट हुन्छ । औषधिले पनि हानि पुर्याउन सक्छ ।

मानिसलाई औषधि सेवन गर्ने सही तरिका थाहा हुँदैन, यस्तो अवस्थामा औषधिले रोगलाई सन्चो गर्दैन, साथै साइड इफेक्ट पनि फरक–फरक हुन्छ । यस्तो अवस्थामा औषधि सेवन गर्दा केही सावधानी अपनाउनुपर्छ । जानौँ औषधिसँग कस्ता चिजहरू खानु हुँदैन ? अन्यथा साइड इफेक्ट हुन सक्छ ।

इनर्जी ड्रिङ्क

कुनै रोगको औषधि खाँदा त्यससँग इनर्जी ड्रिङ्क नपिउनुहोस् । इनर्जी ड्रिङ्कसँगै औषधि सेवन गर्दा शरीरमा प्रतिकूल असर पर्न सक्छ । औषधि पग्लिन पनि धेरै समय लाग्छ ।

रक्सी

धूम्रपान शरीरको लागि हानिकारक छ । औषधिसँगै मदिरा वा कुनै पनि नशालु पदार्थ सेवन गर्नुहुँदैन । यसले स्वास्थ्यमा नराम्रो असर मात्रै गर्दैन । दुवैको सँगै सेवन गर्दा कलेजोमा पनि धेरै नोक्सान हुन सक्छ । रक्सीको साथमा औषधि सेवन गर्दा कलेजोमा विभिन्न रोग लाग्ने जोखिम बढ्छ ।

दुग्ध उत्पादन

अक्सर मानिसहरू दूधसँग औषधि सेवन गर्छन् । दूध स्वास्थ्यका लागि फाइदाजनक भए पनि यसले केही एन्टिबायोटिकको प्रभावलाई पनि कम गर्न सक्छ । दूधमा क्याल्सियम, म्याग्नेसियम, मिनरल्स र प्रोटिन पाइन्छ, जसलाई औषधिसँग मिसाउँदा औषधिको प्रभाव कम हुन्छ । चिकित्सकहरूका अनुसार एन्टिबायोटिकको साथमा दूध वा दुग्धजन्य पदार्थको सेवन गर्नुहुँदैन ।

पत्तेदार तरकारी

बिरामीलाई पोषण दिन हरियो सागसब्जीको सेवन गर्न सल्लाह दिइन्छ । तर, सागपातसँगै केही औषधि खाँदा औषधीको प्रभावमा बाधा पुग्छ । केल, ब्रोकाउली वा भिटामिन ‘के’ युक्त तरकारीहरूले औषधिको प्रभावमा हस्तक्षेप गर्न सक्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०८:५९