सूचनाको शक्ति - The Power Of Information

        

ट्वीटरले भेरिफाइड एकाउन्टबाट किन हटायो ब्लु टिक ?

ट्वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ । कम्पनीका मालिक एलन मस्कले गत साता घोषणा अनुसार ट्वीटरले आफ्ना प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहिबार मध्यरातिदेखि लागु हुने गरी हटाएको हो ।

यससँगै हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्वीटर एकाउन्टवाट ब्लु टिक हटेको छ । मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिलपछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए । उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् ।

उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नुपर्ने यसअघि नै बताएका थिए । ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकार लगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन ।

तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रममा भेरिफाइड एकाउन्टबाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो । नेपालमा पनि निःशुल्क रुपमा ब्लु टिक पाउने हजारौं थिए, तर बिहिबार रातिबाट सबैजसोको हटेको छ । नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर (करिब ११ हजार रुपैयाँ) तिर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०८:४९