सूचनाको शक्ति - The Power Of Information

        

सेनाले माग्यो ४५०० जनशक्ति, आठ पास भएकाले आवेदन दिन पाउने

 नेपाली सेनाले चार हजार ५०० जनशक्ति माग गरेको छ ।

गोरखापत्रमा सूचना निकाल्दै सेनाले १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म आवेदन दिन पाउने जनाएको छ ।

न्यूनतम आठ कक्षा पास भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०८:२१