सूचनाको शक्ति - The Power Of Information

        

त्रिविको परीक्षा एक साता सर्‍यो

 त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गतेदेखि लिने तयारी गरेको स्नातक तह प्रथम वर्षका परीक्षा एक साता पछि सारेको छ ।

वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले परीक्षा सुरू हुने तालिका वैशाख १६ गतेलाई सारेको हो ।

वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उक्त दिन बिहान ७ बजेदेखि व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा लिने तालिका थियो ।

अब यी परीक्षाहरु वैशाख १० गते सञ्चालन नगरी वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ ।

सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०७:४५