सूचनाको शक्ति - The Power Of Information

        

फ्राइडे रिलिज : ‘किसीका भाइ किसीकी जान’ र ‘ईभिल डेथ राइज’ प्रदर्शनमा

आज शुक्रवार नेपाली सिनेमाघरमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। सलमान खानको ‘किसीका भाइ किसीकी जान’सँगै हलिउड फिल्म ‘ईभिल डेथ राइज’ रिलिज भएको छ।

एक्सन जनरामा बनेको ‘किसीका भाइ किसीकी जान’ बहुप्रतिक्षित बलिउड फिल्म हो। सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्।

फिल्ममा सलमानका साथै पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय छ।

त्यसैगरि, हलिउड फिल्म ‘ईभिल डेथ राइज’ पनि आजैबाट रिलिज भएको छ। हरर जनरामा बनेको फिल्ममा ली क्रोनिनको लेखन र निर्देशन रहेको रहेको छ।

रोबर्ट जी टेपर्ट निर्माता रहेको फिल्ममा एलिसा सदरल्याण्ड, लिली सुलिवान, नेल फिशर र मोर्गन डेभिसको मुख्य भूमिका छ।

तर मल्टिप्लेक्स हलहरुले यी दुई विदेशी फिल्मभन्दा गत साता प्रदर्शनमा आएको नेपाली ‘जारी’लाई बढी शो उपलब्ध गराएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘जारी’लाई ५४ शो दिँदा किसीका भाइ किसीकी जानले ४८ र ईभिल डेथ राइजले ३१ शो पाएको छ।

आक्रामक व्यापार र ‘माउथ पब्लिसिटी’ का कारण धेरैहलहरुले सलमानको फिल्मभन्दा नेपाली फिल्म ‘जारी’लाई विश्वास गरेको देखिन्छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०७:४२