आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट १२ अर्ब रूपैयाँले घट्ने भएको छ ।
अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई ५७ अर्ब ८५ करोड २० लाख रूपैयाँ सिलिङ तोकेको छ । चालु आर्थिक वर्षमा सो मन्त्रालयको बजेट ७० अर्ब ५ करोड ३३ लाख छ ।
उक्त बजेटमा संघ र स्थानीय तहको बजेट छुट्टै रहनेछ । शिक्षा मन्त्रालयअन्तर्गत प्रदेश र स्थानीय तहसमेत गरी १ खर्ब ९६ अर्ब ३८ करोड विनियोजन भएको थियो ।
मन्त्रालयल स्रोतका अनुसार अर्थमन्त्रालयले हालसम्म प्रदेश र स्थानीय तहको बजेटको सिलिङ तोकेको छैन ।
सत्यपाटी संवाददाता । काठमाडौँ