सूचनाको शक्ति - The Power Of Information

        

कामका लागि नेपाल आउने विदेशी बढे

कोरोना संक्रमणपछि रोजगारीका लागि नेपाल आउने विदेशी नागरिक बढेका छन् ।

विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढेको हो ।

नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या वृद्धि भएर १ हजार ७७४ पुगेको छ । अघिल्लो वर्ष नविकरण र नयाँ गरेर १ हजार ५ सय ७६ ले नेपालमा काम गर्न अनुमति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहाना राखेर श्रम स्वीकृति लिने विदेशीको संख्या १२ प्रतिशतले बढेको हो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०७:२२