सूचनाको शक्ति - The Power Of Information

        

थप १०३ जनामा कोरोना संक्रमण

देशभर थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ५६ जनाको पीसीआर र १ हजार १ सय ८९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ६१ जना संक्रमणमुक्त भएका छन् । हाल ३ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १७:५१