सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीकाे भारत भ्रमणकाे मिति निश्चित भएकाे छैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति निश्चित नभएको बताउनुभएको छ ।

बिहीवार वैशाख ५ गते बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकिनसकिएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ तर मिति निश्चित भइसकेको छैन ।

के–कस्ता योजना समावेश गर्ने भन्ने कुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकिसकिएको छैन । भारत सरकारसँग सम्बन्धित रहने योजना, सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेछन् ।’

मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारतसँग छलफलका एजेन्डाहरू तय गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १७:४७