कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त चार जना मन्त्रीमध्ये तीन नेपाली कांग्रेस र एक जना माओवादीबाट नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख तिलक परियारले कांग्रेसबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएका छन् । २८ पुसका नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरेको थियो ।
तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आठ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जा मन्त्री बनेका हुन् ।

सत्यपाटी संवाददाता । कर्णाली