सूचनाको शक्ति - The Power Of Information

        

१५ ठेकेदार कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा कम्पनीलाई कलोसूचीमा राखेको छ । ठेक्का सम्झौता अनुसार समयमै काम सम्पन्न नगर्ने कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । कालोसूचीमा पर्नेमा सैलेन्द्रकुमार कुरुम्बाङको एसएएस कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा परेको छ ।

टंकप्रसाद चौलागाईंको धुलिखेल निर्माण सेवा, हरि खड्काको युनिकर्ण कन्स्ट्रक्सन, विमल चौधरीको फेव नेपाल प्रालि, प्रमिला थापाको ओम शान्ति निर्माण सेवा र अनिल कुमारको रेडलाइन कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यस्तै वैवाद हुसेनको सेफ मेटल कन्स्ट्रक्सन, राजु सैंजुको सिरुवा कन्स्ट्रक्सन, गोरे तमाङको कविर कन्स्ट्रकसन, नारायणप्रसाद भट्टराईको सुनकोसी कन्स्ट्रक्सन एक वर्षका लागि नै कालोसूचीमा परेका छन् ।

यस्तै एक वर्ष तीन महिनाका लागि गोकर्णप्रसाद पण्डीतको नागार्जुन कन्स्ट्रक्सन कम्पनी, दिपक सापकोटाको शंकरमाली निर्माण सेवा, राजुप्रसाद श्रेष्ठको वाइपी कन्स्ट्रक्सन र रविनकुमार जोशीको रफिना कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ भने रेशम श्रेष्ठको कन्या कालिका स्टिल फर्निचर प्रालि पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १३:०४