सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा कांग्रेसका मन्त्रीहरुको शपथ आज

कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुको शपथ आज हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले आज मध्यान्ह १२ः३० बजे नयाँ मन्त्रीहरूको शपथग्रहण हुने जानकारी दिएको हो ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेल सिफारिस भएका छन् ।

उनीहरूलाइ बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादका कारण स्थगित भएको थियो । कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए ।

बदलिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा पनि कांग्रेसलाई सहभागी गराएर मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ११:५३