भारतको एक ग्रामीण क्लिनिकको अप्रेसन थियटरमा काजल नाउँ गरेकी एउटी महिलाले बन्ध्याकरणको लागि प्रतीक्षा गरिरहेका समय घरीघरी भित्र अपरेशन कोठाबाट महिलाको चित्कार सुन्न सकिन्थ्यो । ‘एनेस्थेसिया सुरू भएको हुनुपर्छ,’ उत्तर प्रदेशको उत्तरी गाउँ भुडबरालस्थित स्वास्थ्य केन्द्रको बिरामी विश्राम कक्षमा उपलब्ध एक जना स्वास्थ्यकर्मीले भने ।
उक्त कक्षमा रंगिन हेडस्कार्फ लगाएका महिलाहरूको एक समूह लाइनमा बसेर ५० मिनेटको चिकित्सकीय सेवाका लागि पर्खिरहेका थिए । परिवार नियोजनको उक्त सेवा निःशुल्क भए पनि कहिलेकाहीं जोखिमपूर्ण र चिन्ताको विषय बन्ने गर्छ । संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् १९६० पछि पहिलो पटक गत वर्ष जनसंख्या घटेको चीनलाई उछिन्दै भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ ।
भारत सरकारले सन् १९५२ मा राष्ट्रव्यापी परिवार नियोजन कार्यक्रम सुरू गरेको थियो । संसारभरी गर्भनिरोधलाई निरुत्साहित गर्न थाल्नुभन्दा धेरै अघि नै यो कार्यक्रम सुरू भएको थियो । त्यसपछिका दशकहरूमा, निरोधक चक्की र कण्डम लाखौं मानिसहरूका लागि गर्भनिरोधक विधिहरू बन्न थालेपछि सन् १९७० को दशकमा भारतका पुरुषहरू जबर्जस्ती बन्ध्याकरणको क्रूर कार्यक्रमको सिकार भए ।
त्यसपछि भारतमा ‘ट्युबल लिगेसन’ भनिने जन्म नियन्त्रणको मनपर्ने विधिको साथ महिलाहरूमा ध्यान केन्द्रित भएको छ । पुरुषहरूको लागि एक गैर–आक्रामक भ्यासेक्टोमी उपलब्ध छ तर काजल जस्ता महिलाहरू प्रायः करिब २५ अमेरिकी डलरको नगद प्रोत्साहनको साथ प्रायः सरकारी स्वास्थ्यकर्मीहरूद्वारा निःशुल्क प्रदान गरिने यस सेवा लिन आश्वस्त हुन्छन् ।
२५ वर्षीया काजलले आफू र उनका पति दीपकले आफ्ना तीन सन्तानको गुजारा चलाउन नसक्ने भएकाले शल्यक्रिया गर्ने निर्णय गरेको बताइन् । ‘यसले मलाई कमजोर बनाउँछ भन्ने लागेको थियो,’ कारखानामा काम गर्ने दीपकले भ्यासेक्टोमी नगर्नुको कारणबारे बोल्छन् । पपुलेशन फाउन्डेसन अफ इन्डियाकी पुनम मुत्रेजाले १० मिनेटको भ्यासेक्टोमीले आफूलाई कसरी असर गर्छ भन्ने दीपकको डर अझै पनि पितृसत्तात्मक समाजमा सामान्य रहेको बताए ।
मुत्रेजाले भनिन् ‘पुरुष र महिला दुवैमा सबैभन्दा लोकप्रिय मिथक के छ भने भ्यासेक्टोमी गरेपछि पुरुषले आफ्नो पुरुषत्व गुमाउँछ ।’ यो एक मिथक हो जसमा कुनै विज्ञान छैन । तर यो एक विश्वास हो । ‘विश्वास नै जनताको वास्तविकता हो,’ उनले भनिन् । सन् २०२२ को अप्रिलदेखि यस वर्षको मार्चसम्मको अवधिमा छ जना पुरुष र १८० भन्दा बढी महिलाको बन्ध्याकरण गरिएको छ ।
‘पुरुषहरूको लागि नो–स्केलपेल भ्यासेक्टोमीले नपुंसकता निम्त्याउँछ भन्ने गलत धारणा मानिसहरूमा छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आशिष गर्गले भने, ‘गलत धारणाले गर्दा यो सेवा प्राय प्रयोगबिहीन बनिसकन लागेको छ ।’ भारतमा विशेष गरी दुई तिहाइ जनसंख्या बसोबास गर्ने विशाल ग्रामीण भेगमा महिलाहरूमाथि ‘ट्युबल लिगेसन’ गर्ने अस्थायी बन्ध्याकरण क्लिनिकहरू सामान्य छन् ।
दक्षिणी राज्य तेलङ्गानामा गत वर्ष ट्युब बाँधेर चार महिलाको मृत्यु भएको थियो भने अन्य नौ जना अस्पताल भर्ना भएका थिए । सन् २०१४ मा छत्तीसगढराज्यको एक अस्थायी क्लिनिकमा बन्ध्याकरणका कारण कम्तीमा ११ महिलाको मृत्यु भएको थियो । मुत्रेजाले गर्भनिरोधलाई बढावा दिन सरकारले अझै धेरै काम गर्नुपर्ने बताए । उनले धेरैभन्दा धेरै पुरुषलाई बन्ध्याकरण सेवा गराउनका लागि राम्रो चेतना (शिक्षा) नै समाधान भएको बताए ।
उनले भने, ‘यो एक जादुई गोली हो । स्वास्थ्य र शिक्षामा लगानी गर्दा परिवार र राष्ट्रको आर्थिक लागत पनि कम हुने थियो ।’ तर स्थानीय ६४ वर्षीय हरबीर सिंहले भने, ‘अझै पनि भ्यासेक्टोमीले पुरुषहरूलाई काम गर्न र परिवारका लागि खानाको जोहो गर्न आवश्यक ‘शक्ति’ लाई कमजोर बनाउँछ । पुरूषले बाहिर गएर कमाउनुपर्छ । महिलाहरू खाना बनाएर घरमै बस्छन् । त्यसैले उनीहरूले सेवा लिँदा फरक पर्दैन तर पुरूषले लिँदा यो परिवारका लागि अभिशाप हुनसक्छ ।’
सत्यपाटी संवाददाता । काठमाडौं