सूचनाको शक्ति - The Power Of Information

        

गर्मी मौसममा कालो अंगुर सेवन गर्नुका फाइदा

अहिले बजारमा प्रशस्त मात्रामा अंगुर पाइन्छ । हरेक फलफूलको पसलमा कालो र हरियो अंगुर पाइन्छ । यो गर्मी मौसममा अंगुरले शीतलता पनि प्रदान गर्ने कारण मानिस यो फल खान रुचाउँछन् । अंगुर बालबालिकादेखि लिएर वृद्धले पनि मन पराउने फल हो । यो एक स्वादिष्ट फल हो ।

यसले मानिसको शरीरमा खानाको भन्दा पनि बढी शक्ति प्रदान गर्दछ । हल्का रातो र गाढा कालो रङको अंगुरको स्वाद मिठो हुनुको साथै स्वास्थको लागि पनि धेरै नै फाइदाजनक हुन्छ । कालो अंगुरमा प्रशस्त मात्रामा भिटामिन सी, ए, बी १६, प्रोटिन, क्याल्सियम, फस्फोरस तथा म्याग्नेसियम जस्ता पौष्टिक तत्व पाइने चिकित्सकले बताएका छन् ।

अंगुर सेवनले कयौं प्रकारका रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्छ । कालो अंगुरमा भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ । कालो अंगुरमा पाइने विशेष खालको केमिकलले हाम्रो शरीरको हड्डीहरुलाई बलियो र मजबुद बनाउने काम गर्दछ ।

कालो अंगुर सेवनका फाइदा

  • मोटोपना नियन्त्रणमा मद्दत गर्छ ।
  • डायबेटिज, ब्लड प्रेसर मुटु रोगको लागि निकै फाइदाजनक छ ।
  • कालो अंगुरमा भएको एन्टिअक्सिडेन्ले हृदघातको समस्या कम गराउछ ।
  • कालो अंगुरको सेवनले आँखाको दृष्टि कम हुन दिँदैन ।
  • अंगुरमा भएको पानीको मात्राले पाँचन प्रक्रियामा सहज बनाउँछ ।
  • अंगुरमा भएको पोटासियम र साइटोकेमिकल्स तत्त्वले मुटु स्वस्थ राख्ने काम गर्दछ ।
  • कालो अंगुरमा भिटामिन ई प्रशस्त मात्रामा पाइने हुँदा यसले कपाललाइ चम्किलो र नरम बनाउँछ । साथै कपाल फुल्ने, झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  • छाला सफा र चम्किलो बनाउनसमेत अंगुरले मद्दत गर्दछ ।
  • कालो अंगुरको सेवनले स्मरणशक्ति बढाउने काम गर्छ ।
  • कालो अंगुरको सेवनले क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
  • कालो अंगुर सेवनले किड्नी स्वस्थ रहन्छ ।
  • अंगुरमा पाइने एन्टिअक्सिडेन्टले हाई कोलेस्ट्रोलबाट लड्नमा मद्दत गर्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १०:१३