सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका १३ एसएसपी डीआइजीमा बढुवा

नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवा भएका छन् । बुधबार गृह मन्त्रालयले बढुवा समितिको सिफारिस अनुसार १३ एसएसपीलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआइजी बढुवा हुनेहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ र जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।

बढुवा समितिले चैत २९ गते रिक्त पदमा बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको थियो । बढुवा सिफारिसविरुद्ध दुई एसएसपी चक्रबहादुर सिंह र अनुराग द्विवेदीले उजुरी दिएका थिए । तर, त्यसको भोलिपल्टै बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवाको निर्णय गरेका हुन् ।

बुधबार बढुवाको निर्णय नभएको अवस्थामा एसएसपी विकासराज खनाल अनिवार्य अवकासमा जाने थिए । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनी बुधबार राति १२ बजेबाट अवकासमा जाने थिए । तर गृहमन्त्री श्रेष्ठले त्यसअघि नै डीआइजीमा बढुवा गरेसँगै उनको कार्यकाल लम्बिएको छ । खनाल आइजीपी वशन्तबहादुर कुंवरकै ब्याची हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १०:०६