सूचनाको शक्ति - The Power Of Information

        

कलेजोले ठिकसँग काम गरेको छ वा छैन कसरी थाहा पाउने ?

हाम्रो शरीर स्वस्थ रहन, रोगहरूबाट बच्नको लागि हाम्रो कलेजो स्वस्थ रहनु र राम्रोसँग काम गरिरहनु आवश्यक छ । तर, जीवनशैलीमा गडबडी र अस्वस्थकर खानपानका कारण कलेजोको स्वास्थ्यमा गम्भीर साइड इफेक्ट देखिन थालेको छ ।

यसबाहेक मदिरा सेवन कलेजोको स्वास्थ्यका लागि सबैभन्दा घातक मानिन्छ, जसका कारण धेरै प्रकारका रोग लाग्न सक्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार कलेजो सम्बन्धी रोग धेरै युवाहरूमा पनि देखा परेको छ, जुन निश्चित रूपमा धेरै चिन्ताजनक अवस्था हो । कलेजो सम्बन्धी रोगहरूबारे मानिसहरूलाई सचेत गराउन हरेक वर्ष अप्रिल १९ मा विश्व कलेजो दिवस मनाइन्छ ।

कलेजोको स्वास्थ्यमा सबैले ध्यान दिनुपर्ने र नियमित रूपमा शरीरको जाँच गराएर यस अङ्गको अवस्थाको अनुगमन गरिरहनुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । कलेजोका धेरै रोगहरू गम्भीर र घातक पनि हुन सक्छन् । हामीले केही परीक्षण र केही साधारण कुराहरूमा ध्यान दिएर पनि थाहा पाउन सक्छौँ कि हाम्रो कलेजोले ठिकसँग काम गरिरहेको छ वा छैन भनेर !

कलेजो स्वस्थ राख्न यी उपाय अपनाउनुहोस्

हाम्रो कलेजोले समयसँगै केही हदसम्म आफूलाई निको पार्न सक्छ । तर यसका लागि हामीले जीवनशैली र खानपानमा विशेष ध्यान दिन जरुरी छ । एक स्वस्थ जीवनशैली (जसमा स्वस्थ खाने र नियमित व्यायाम समावेश छ) को पालना सबैको लागि आवश्यक छ ।

रक्सी पिउने बानीले कलेजोलाई सबैभन्दा बढी नोक्सान पुर्याउँछ । यदि तपाईँलाई मधुमेह वा उच्च रक्तचाप जस्ता रोगहरू छन् भने, कलेजो स्वस्थ राख्न यसलाई नियन्त्रणमा राख्नु पनि महत्त्वपूर्ण छ ।

स्वस्थ कलेजोको विशेषता के हो ?

  • स्वस्थ कलेजो भनेको तपाईँको मेटाबोलिज्म पनि ठिक हुनु हो । यसको आधारमा तपाईँको कलेजोले ठिकसँग काम गरिरहेको छ वा छैन थाहा पाउन सकिन्छ ।
  • यदि तपाईँ ऊर्जावान् महसुस गर्नुहुन्छ भने यसको मतलब तपाईँको मेटाबोलिजमले पनि राम्रोसँग काम गरिरहेको छ जुन स्वस्थ कलेजोको सङ्केत हो ।
  • खानाको पाचन ठिकसँग हुन्छ, ग्यास–एसिडिटीजस्ता समस्या हुँदैन भने यो पनि स्वस्थ कलेजोको सङ्केत हो ।
  • भोक नलाग्नु कलेजोको समस्याको पहिलो लक्षण हो । यदि तपाईँलाई समयमै भोक लागेको छ र खाना राम्ररी पचिरहेको छ भने यो स्वास्थ्यको सङ्केत हो ।
  • तपाईँलाई पछिल्लो २–३ वर्षमा जन्डिस भएको छैन भने यो पनि कलेजोको सही कामको सङ्केत हो ।

यी परीक्षणहरूले कलेजोको अवस्थाबारे बताउँछन्

केही प्रकारका परीक्षणहरूले तपाईँलाई कलेजोको अवस्थाको मूल्याङ्कन गर्न पनि मद्दत गर्न सक्छ । कलेजोको अवस्था कलेजोको कार्य परीक्षणबाट सजिलै अनुमान गर्न सकिन्छ । सीरम परीक्षणहरू कलेजोको प्रकारे पत्ता लगाउन पनि उपयोगी छन् ।

हाम्रो कलेजोले सीरम एल्बुमिन नामक प्रोटिन बनाउँछ, जसको कम स्तर कलेजो र मिर्गौला दुवै समस्याको सङ्केत हुन सक्छ । सानैदेखि कलेजोको स्वास्थ्यको ख्याल गरौँ । यो एक अङ्गमा भएको समस्याको प्रभावले सम्पूर्ण शरीरलाई असर गर्न सक्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०९:३७