सूचनाको शक्ति - The Power Of Information

        

यौन शक्ति बढाउन के खाने के नखाने ?

यौन इच्छा सवैमा हुन्छ तर कसैले यसबारे कुरा गर्दा समाजले बहिस्कार गर्ला जस्तो हुन्छ । सेक्सको साइनो कृषिजन्य वस्तुसँग सिधै गासिएको हुन्छ । तर हामीले यसलाई प्रयोग गर्न जानिरहेका हुँदैनौ । यौन क्षमता बढाउन कतिपय मानिसहरुले भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । यौनशक्ति बढाउने धेरै घरेलु उपायहरु छन् ।

सेक्स कला पनि हो । तर हामी केवल उत्तेजना मेटाउने साधनको रुपमा मात्रै लिन्छौं । फलफूल तथा तरकारी जन्य वस्तुमा प्रायः सेक्स पावर बढाउने केही न केही तत्वहरु हुन्छन् । आज यसैबारे हामीले जानकारी दिने प्रयासमा छौं । किसमिस, ओखर, अनार, अण्डा, रातो खुर्सानी, गाँजर, भिण्डी लगायत धेरै कुरामा यौन शक्ति बढाउने तत्वहरु भएको पाइन्छ । भिण्डीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले तपाईको सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ ।

नियमित रुपमा बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा पनि यौन क्षमता बढ्छ । गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौन शक्ति बढाउन भूमिका खेल्छ । सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस् । जसले वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस् । सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाहट हुनुहुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।

यौन शक्ति बढाउने यी चिज

अन्डा – अन्डाले यौन शक्ति बढाउने गर्छ । यसमा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छन् । यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषको सेक्स हार्मोन टेस्टोस्टेरोन बढाउने गर्छ ।

अदुवा – अदुवाले तपाईंको रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउने गर्छ । साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । सेक्सअघि अदुवा हालेको चिया खानुभयो भने यसले तपाईंको शरीरलाई तताउने र मुटुको गतिलाई तीव्र बनाउने काम गर्छ ।

खरबुजा – खरबुजामा सिट्रुलाइन नामक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । यसले रक्तवाहिनी नलीलाई तनावमुक्त गराउने र यौनांगमा रगतको प्रवाह तीव्र बनाउने काम गर्छ । यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागि मानिसले भिएग्रा लिने गर्छन् । खरबुजामा पाइने तत्वले पनि भिएग्राको काम गर्न सक्मछ ।

तुलसी – तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ । तुलसीको पाउडर अथवा तेल शरीरमा घस्नाले र तुलसीको पात खानाले यौन उत्तेजना जगाउने हार्मोन बढी उत्सर्जन हुन्छन् ।

लसुन – सेक्सअघि लसुन खानाले मुख गनाउँछ, जसले गर्दा सेक्स सुन्दर नहुन सक्छ । सेक्सका क्रममा मुख नगनाउने गरी समय अन्तर कायम गरेर लसुन खानाले बेडमा तपाईंको प्रस्तुति प्रभावकारी हुन सक्छ । लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।

एभोकाडो – एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषको सेक्स हार्मोन बढाउने गर्छ । त्यस्तै पोटासियमले महिलाको थाइराइड ग्ल्यान्डलाई सुचारु र स्वस्थ अवस्थामा राख्छ । थाइराइड ग्ल्यान्डको सीधा सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छन् ।

कालो चकलेट – कालो चकलेटलाई पश्चिमी समाजमा ‘छिल्लिएको खानेकुरा’समेत भन्ने गरेका छन् । कालो चकलेटमा फेनाइलेथाइलामाइन जस्ता प्रेम रसायन पाइन्छन्, जसले दिमागमा डोपामाइन र अनान्डामाइडजस्ता न्युरोट्रान्सिमटरलाई दिमागमा रिलिज गर्ने काम गर्छन् । यिनले व्यक्तिलाई सन्तुष्टि प्रदान र हासिल गर्न प्रेरित गर्छन् । जर्नल अफ सेक्सुअल मेडिसिनले गरेको एउटा सर्वेक्षणमा हरेक दिन एक टुक्रा कालो चकलेट खाने युवतीको यौनजीवन नखानेको भन्दा सुखद हुने पाइएको थियो ।

बदाम – बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ । यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हार्मोन बढी उत्पादन गराउँछ । बदामको सुगन्ध मात्रले महिलामा यौनभाव सिर्जना हुने गर्छ भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । त्यस्तै, यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ ।

कुरिलो – कुरिलोमा भिटामिन ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पुर्याउँछन् ।

केरा – केरालाई फिल्महरूमा ‘सेक्स सिम्बोल’का रूपमा पनि प्रस्तुत गरिन्छ । केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन् ।

रातो खुर्सानी – रातो खुर्सानीले सेक्सको मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज गराउँछ । यसले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ ।

फर्सीको बियाँ – फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छन् । यसले यौनजीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।

सेक्स सम्बन्ध राख्नुअघि यी खानेकुरा नखाँदा फाइदा

ब्रोकाउली – ब्रोकाउली र काउलीमा पनि गेडागुडीमा जस्तै सुगर पाइन्छ । जुन पच्न समय लाग्छ । अमेरिकाको जोन हप्किन्स अस्पतालले गरेको एउटा अनुसन्धान अनुसार यस्तो सुगर पचाउन शरीरले मिथेन रिलिज गर्नेगर्छ । सेक्सका क्रममा उपयोगी हुने मिथेन ग्यास निस्कासन हुनु राम्रो होइन ।

पनिर – पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानिँदैन ।

पुदिना – पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।

लसुन र प्याज – सेक्समा लीन हुनअघि लसुन खानु हुँदैन । यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ । फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

गेडागुडी – गेडागुडी चाँडै पच्दैन । गेडागुडी खानाले ग्यास बनाउँछ । सेक्सको मजालाई ग्यासले कम गरिदिने भएकाले सेक्सअघि भरसक गेडागुडी खानु हुँदैन । साथै गेडागुडीमा पाइने सुगर पच्न समय लाग्छ । अपच पेट सेक्सका लागि अनुकूल हुँदैन ।

चिज – चिज पनि पच्न समय लाग्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।

चुइङ्गम – चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ । तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।

तारेको आलु – तारेको आलुमा फ्याट बढी हुन्छ । यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ । तर, सेक्समा रक्तसञ्चार तीव्र हुनु राम्रो हुन्छ । साथै तारेको आलुमा नुनको मात्रा कम हुने भएकाले यसले उत्तेजना घटाउने र शरीरलाई अल्छी महसुस गराउने गर्छ ।

रातो मासु – रातो मासु हेभी डाइट हो । रातो मासु खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०९:१५