सूचनाको शक्ति - The Power Of Information

        

उपनिर्वाचन

आज राति १२ बजेबाट मौन अवधि, प्रचारमा प्रतिबन्ध

उपनिर्वाचनको मौन अवधि बिहीबार (आज) राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

‘उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो,’ उनले भने । चुनाव हुनुभन्दा ४८ घण्टा अघिबाट प्रचारप्रसार गर्न पाइँदैन ।

आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०६:५६