सूचनाको शक्ति - The Power Of Information

        

कोशीमा पौडी खेल्नेक्रममा तीन बेपत्ता

सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक युवक मृत फेला परेका छन् ।

सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।

बेपत्ता भएकामध्ये झापा दमक– २ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा भेटिएको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार दमक ९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी ७ का १८ वर्षीय राज गुरागाईँ बेपत्ता रहेको र  खोजी भइरहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १८:१६