सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘निरमाया’ जापानमा पनि रिलिज हुने

फिल्म ‘निरमाया’ जापानमा पनि रिलिज हुने भएको छ ।

एनोदर चान्स नेपालले जापान राइट्स लिएर फिल्मको प्रदर्शन गर्न लागेको हो । एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा फिल्मको जापानमा विशेष प्रदर्शनी हुन लागेको हो ।

अप्रिल २९ मा टोकियोको शिनओकुबोस्थित सोलमारी मुराहलमा फिल्म प्रदर्शन हुने छ ।  जापान बाहेक अन्य देशमा पनि फिल्म प्रदर्शनको तयारी गरेको निर्माण टिमको भनाइ छ  ।

मदानी मुभि एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको फिल्ममा अभिनय रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १८:११