सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार १५ अङ्कले बढ्यो

शेयर बजार आज बुधवार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १४ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको छ ।

आज म्युचुल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १८:०५