सूचनाको शक्ति - The Power Of Information

        

काेराेनाकाे कहर : १ सय ८ जनामा संक्रमण

 पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय ८ जनामा कोरोना संक्रमण भएकाे पुष्टि गरेकाे छ।

मन्त्रालयका अनुसार २४५० जनामा परीक्षण गदाए १०८ जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर सक्रिय संक्रमित ३८६ रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

यो अवधिमा ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १८:०१