सूचनाको शक्ति - The Power Of Information

        

डिआइजी बढुवा विवादमा, फेसबुकमै एसएसपीको असन्तुष्टि

नेपाल प्रहरीको डिआइजी बढुवा सिफारिसप्रति केही एसएसपीले असन्तुष्टि जनाएका छन् । एक एसएसपीले फेसबुकमै अन्याय भएको गुनासो पोखेका छन् । एसएसपी चक्रबहादुर सिंहमाथि बढुवामा अन्याय भएको हो ।

उनले फेसबुकमा कामको मूल्याङकन हुन नसकेको बताएका छन् । शुक्रबार राष्ट्रपतिबाट विभुषण लिएपछि पदक त पाइयो तर त्यो मुल्याङकन हुन नसकेको उल्लेख गरेका छन् । त्यस्तै अर्काे स्टाटस लेखेका छन्, ‘कामको मुल्याङकन कसरी हुँदो रहेछ १७ वर्षसम्म पनि थाहा पाउन सकिएन ।’ बढुवामा सिंहमाथि अन्याय भएको प्रहरी अधिकारी बताउँछन् ।

बढुवामा नपर्दा उनले आगामी साता एसएसपी पदबाटै अवकाश पाउने भएका छन् । गत साता बढुवा समितिले कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहेरा, रबिन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द, यज्ञबिनोद पोखरेल र विकासराज खनाललाई बढुवा सिफारिस गरेको थियो ।

बढुवाको प्रतिस्पर्धामा रहेकामध्ये चक्रबहादुर सिंहसहित दिल्लिराज पन्त, मधुसुदन लुइटेल, मोहनप्रसाद पोखरेल र राजेन्द्रसिह खड्का छुटेका थिए । बढुवा विवादमा परे पनि कसैले उजुरी भने दिएका छैनन् । आइजिपी बसन्त कुँवरले उच्च तहको दबाब थेग्न नसक्दा एसएसपी सिंह बढुवामा छुटेको सहकर्मीसँग बताउने गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १४:३४