सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी दमनविरुद्ध आज ’मानव–अधिकार मार्च’

मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत नागरिक आन्दोलनले बुधबार ’मानव–अधिकार मार्च’ गर्ने भएको छ ।

बृहत नागरिक आन्दोलनले बुधबार दिउँसो ३ बजे शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गर्ने तयारी गरेको हो ।

मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमनप्रति नागरिक आन्दोलनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटना मानव अधिकारको हनन् भएको भन्दै दोषीहरूमाथि कारबाही गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०८:३१