सूचनाको शक्ति - The Power Of Information

        

लामखुट्टे भगाउन के गर्ने ? यस्ता छन् घरेलु उपाय

लामखुट्टे एक प्रकारको परजिवि कीरा हो । लामखट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्रणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका हुन्छन् ।

कतिपय प्रजातिका लामखुट्टेहरू त आफैमा विषालु पनि हुन्छन् । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढ्ने गर्दछ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग औलो मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले लगायत रोग लाग्ने गर्छ ।

गर्मी मौसममा यदि कसैलाई रातको निद्रामा बाधा पुग्छ भने त्यो विषालु लामखुट्टे नै हो । गर्मी महिनामा रातको समयमा लामखरट्टेले दुख दिंदा विभिनन किसिमको किटको सहायतामा मार्ने धपाउने धुप बाल्ने झन्झट हुने गर्दछ ।

तर, अब तपाई यसबाट छुटकारा पाउनुहुनेछ किनभने एउटा यस्तो घरेलु उपाय छ, जसले गर्दा लामखुट्टे हाम्रो वरपर पनि आउँदैन । जसका कारण सो बिद्यि अपनाएका कारण लामखुट्टेले तपाईको वरपर पनि आउने छैन भने तपाईको शरिरमा टोक्ने पनि छैन ।

लामखुट्टे भगाउने घरेलु उपाय

लामखुट्टे भगाउन मानिसहरूले कीटनाशक छर्ने गर्छन् । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले अबदेखि यी घरेलु उपाय अपनाएर लामखुट्टेको टोकाइको पिडाबाट छुटकारा पाउनेछ ।

१. नीमको सुख्खा पात ।
२. तेज पत्ता
३. लसुन
४. प्याज
५. ल्वाङ
६. कपूर
७. तुलसी
८. पुदिना
९. सयपत्री फुल
१०. कागती

कसरी प्रयोग गर्ने ?

    • हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी मानिन्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । घरमा तुलसीको बोट रोप्नाले पनि लामखुट्टे भगाउन सकिन्छ ।
    • पुदिनाको पातको रस छर्किनाले पनि लामखुट्टे भाग्छ । यसलाई शरीरमा पनि लगाउन सकिन्छ ।
    • सयपत्री फूल हाम्रो बगैंचामा प्रायजसो फुलिरहेको हुन्छ । अझ कतिपयले घरको कौसी तथा बैठक कोठामा पनि सयपत्रीलाई सजावटका लागि राखेका हुन्छन् । सयपत्री फूलको रस शरीरमा लगाउँदा पनि लामखुट्टेबाट बच्न सकिन्छ ।
    • कागती तथा नीलगिरीको तेल मस्किटो रेपेलेटमा लिक्युइट सकिएपछि त्यसमा कागतीको रस तथा नीलगिरीका तेल भरेर जलाउन सकिन्छ । यसलाई हात खुट्टामा पनि लगाउन सकिन्छ ।
    • सर्स्यूँको तेलमा अजवाइन पाउडर मिलाएर पेसरको टुक्रामा लगाई कोठाको माथिल्लो भागमा राख्ने । जसका कारण लामखुट्टे भगाउन सजिलो हुन्छ ।
    • नीमको तेल शरीरमा लगाउने अथवा नरिवलको तेलमा नीमका तेल मिसाएर बाल्दा पनि लामखुट्टे भाग्छ ।
    • कोठामा कपूर बाल्ने र १० मिनेट बन्द गरेर राख्ने । जसका कारण लामखुट्टे भाग्छ ।
    • लसुनको गन्धले पनि लामखुट्टेललाई टाढा राख्न सकिन्छ । लसुनको रस शरीरमा लगाउन समेत सकिन्छ ।
    • मट्टितेल, नीमको तेल, कपूर एउटा लालटिनमा थोरै मट्टितेल, केही थोपा नीमको तेल र २ टुक्रा कपूर मिलाउने । यसरी मिलाएको लालटिनलाई बाल्दा पनि लामखुट्टे भगाउन सकिन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०८:२२