नेपालका निजी उर्जा उत्पादकहरुले दुई सय मेगावाटसम्मको बिजुली बेच्ने गरी भारतीय कम्पनीसँग समझदारी गरेका छन् ।
मंगलबार काठमाडौंमा सुरु भएको उर्जा सम्मेलन (पावर समिट) का क्रममा यो समझदारी भएको हो ।
१०३.५ मेगावाटको चुवाखोला जलविद्युत आयोजना निर्माणकर्ता बिजबेल इनर्जी प्रा.लि. र भारतको मानिकरण पावर तथा ८५ मेगावाटको कसुवाखोला निर्माणकर्ता कसुवाखोला हाइड्रोपावर लिमिटेड र मानिकरणसँग विद्युत व्यापारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
विद्युत व्यापारका लागि निजी क्षेत्रलाई सरकारले अनुमति नदिए पनि सरकारलाई दबाब दिनका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको भएको स्वतन्त्र उर्जा उत्पादनको संस्था नेपाल (इपान) को भनाई छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ