सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेका ‘ड्राइभर’को पछिल्लो स्वास्थ्य कस्तो छ ?

घरको छतबाट खसेर  गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालकको अवस्था स्थिर छ ।

चितवनको भरतपुर–११ मा रहेको एक घरको छतमा सुतेका  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सोमबार बिहान भुईँमा खसेका थिए ।

तत्कालै उनलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो । मेडिकल कलेजका उपनिर्देशक डा. सुदिप केसीले थापाको टाउकाको शल्यक्रिया गरिएको छ तर, अहिलेसम्म थापाको होस खुल्न सकेको छैन ।

‘उहाँको अहिलेसम्म होस आएको छैन । हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ’ उपनिर्देशक  केसीले भने । थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।

यो घटनापछि रास्वपा प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई पनि प्रहरीले पक्राउ गरेर बयान लिइसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०८:५७