सूचनाको शक्ति - The Power Of Information

        

संघीय संसद् : दुवै सदनको बैठक बस्दै

 संघीय संसद् दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ । बैठक दिउँसो साढे २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
Capture1681784155.JPG

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०८:४३