सूचनाको शक्ति - The Power Of Information

        

रारा म्याराथन वैशाख २२ मा

रारा म्याराथन यही वैशाख २२ गते हुने भएको छ ।

मुगुको प्रख्यात रारा तालबाट सुरू हुने यो म्याराथन रारा ताल किनारमै पुगेर समापन हुनेछ ।

नेपालगञ्जको अन्तराल मिडियाले मुगुका स्थानीय तहहरुसँगको समन्व्यमा यो म्याराथन गर्न लागेको हो ।

म्याराथनको रुट रारा ताल किनारबाट सुरू भई मुर्मा टप, मुर्मा गाउँ हुँदैं चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरी तर्फ लाग्नेछ । त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ ।

यस म्याराथनको महत्वपूर्ण आकर्षणको रुपमा राराताल वरीपरी १ फन्को लगाउने १५ किलोमिटर दौड हुनेछ ।

यस वर्ष मुगुका खेलाडीहरुलाई म्याराथनमा भाग लिँदा कुनै पनि शुल्क लाग्ने छैन । प्रत्येक स्थानीय तहलाई सिफारिसको लागि संख्या भने तोकिनेछ । कर्णालीका खेलाडीहरुलाई विशेष सहुलियत हुनेछ ।

युवा खेलाडीहरुलाई प्रख्यात अल्ट्रा धाविका मिरा राईबाट १ हप्ताको विशेष तालिममा सहभागी गराएर दौडका लागि प्रोत्साहित गरिनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०८:०५