सूचनाको शक्ति - The Power Of Information

        

समीक्षा अधिकारी लेख्छिन्, ‘म कुनै चरित्रहिन छोरी होइन’

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आउने गरेका तल्लो स्तरका गाली गलौजलाई लिएर बारम्बार स्पष्टीकरण दिनुपरेको छ । उनले, आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै अगाडि बढ्न खोज्दा आफ्नो खुट्टा तानिएका उल्लेख गरेकी छिन् ।

समीक्षा लेख्छिन्, ‘कुनै पनि घटना, कथावस्तुको वास्तविकता अर्कै हुन्छ । तर, देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको वर्षात हुन्छ त कसैलाई तालीको । फिल्मको कथा जस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बढ्न खोज्छु मेरा पाइला पछाडि तानिन्छन् । मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अँध्यारो देख्छु ।’

उनले, अरूको जस्तै आफ्नो पनि भावना रहेको उल्लेख गर्दै लेखेकी छिन्, ‘मेरो पनि मन छ । तपाइको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हर कुरा अर्थहिन हुन जस्तो । म गलत छैन, म कुनै चरित्रहिन छोरी होइन । मेरो पनि परिवार छ तपाइको जस्तै । पर्दामा देखिएका हरेक कुरा सहि हुँदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’ समीक्षा विगत केही महिनादेखि अस्ट्रेलियामा छिन् । उनले, आफूमाथि बारम्बार नकारात्मक प्रतिक्रिया आउने गरेको भन्दै सामाजिक सञ्जालमा स्पष्टीकरण दिइरहेकी छिन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १८:१२