सूचनाको शक्ति - The Power Of Information

        

वैशाख ७ गतेको सूर्यग्रहण नेपालमा बार्नु नपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ ।

वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ । यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ । वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १७:४९